राजनीतिसमाचार

हर्क साम्पाङले फेरि मागे प्रधानमन्त्री बालेनको राजीनामा

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को राजीनामा मागेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले साहको राजीनामा मागेका हुन् ।

जनतालाई आन्दोलित बनाइराख्ने व्यक्ति अभिभावक बन्न नसक्ने भन्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री साहलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
बालेनजी राजिनामा दिएर मार्ग प्रशस्त बनाउनु बुद्धिमानी ठहर्छ है ! आन्दोलन सुरु भैसक्यो ! जनतालाई आन्दोलित बनाइराख्ने मान्छे अभिभावक बन्न सक्दैन !’ साम्पाङले फेसबुकमा लेखेका छन् ।

यसअघि बुधबार पनि फेसबुकमा लेख्दै साम्पाङले प्रधानमन्त्री साहमा न्यूनतम मानवता पनि नदेखिएको टिप्पणी गर्दै राजीनामा मागेका थिए ।

अध्यक्ष साम्पाङले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर आंतक मच्चाइरहेको भन्दै विरोध गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button