समाचार

नेपाल एयरलाइन्सले जम्मु कस्मिरको सबै भूभाग पाकिस्तानमा मिलाएपछि…

Ad 1
Ad 2
Ad 3
Ad 4

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सार्वजनिक गरेको एक नेटवर्क नक्सामा गम्भीर भौगोलिक त्रुटि भेटिएपछि त्यसप्रति औपचारिक रूपमा क्षमायाचना गरेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत सेयर गरेको उक्त नक्सामा जम्मु र कश्मीर क्षेत्र पूरै पाकिस्तान भित्र परेको देखिएपछि विवाद उत्पन्न भएको हो।

निगमले बिहीबार जारी गरेको सूचनामा उक्त नक्सा त्रुटिपूर्ण रहेको स्वीकार्दै माफी माग्दै त्यसले संस्था वा नेपाल सरकारको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ। “हाम्रा डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक सामग्रीमा देखिएको त्रुटिका लागि हामी क्षमाप्रार्थी छौँ,” निगमको वक्तव्यमा उल्लेख छ।

यसअघि बुधबार एयरलाइन्सले आफ्नो उडान सञ्जाल देखाउने उद्देश्यले नक्सा सार्वजनिक गरेको थियो। तर, त्यसमा सीमाना सम्बन्धी गम्भीर गल्ती देखिएपछि आलोचना बढेको थियो। विवाद बढेपछि सम्बन्धित पोस्ट हटाइएको छ र आन्तरिक रूपमा यसको समीक्षा प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ।

उक्त नक्सामा केवल कश्मीर क्षेत्र मात्र होइन, ताजिकिस्तान र किर्गिस्तान जस्ता स्वतन्त्र राष्ट्रहरू समेत चीन भित्र परेको जस्तो देखिएको थियो । नेपालले कश्मीर विवादलाई भारत र पाकिस्तानबीचको द्विपक्षीय विषयका रूपमा लिँदै आएको छ। भारतले भने जम्मु, कश्मीर र लद्दाखलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button