युवराज सफललाई ५० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । रवि लामिछानेमाथि मुद्दा हालेर चर्चामा आएका युवराज पौडेल सफललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका सफललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
जिल्ला न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले सो आदेश गरेको हो । पौडेल यसअघि हाजिरी जमानीमा छुटेका थिए । आज थुनछेक आदेश गर्दै अदालतले धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।
धरौटी बुझाउन नसकेमा उनी थुनामा जानेछन् । अदालतमा बयान दिने क्रममा उनले गल्ति भएको भन्दै माफी पनि मागेका थिए । र
वि लामिछाने विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधीवक्ताको निर्णयपछि उनले सामाजिक सञ्जालमार्फत महान्यायाधीवक्तमाथि आरोप लगाएका थिए । महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिन खोजेको सुनेपछि ‘आवेगमा आएर’ बोलेको उनले स्वीकार गरेका छन् ।
सफल माघ १३ मा पक्राउ परेका थिए ।



