समाचार

भ्रामक समाचारप्रति नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टको आपत्ति

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले हालै सामाजिक सञ्जालमा फैलिएको भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।

कलंकी क्षेत्रमा भएको सवारी दुर्घटनाका विषयमा केही यूट्युब च्यानल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त घटनालाई नयाँ वर्षको अवसरमा घुम्न निस्केको भन्दै गलत ढंगले प्रचार गरेकोप्रति उनले दुःख व्यक्त गरेका हुन् ।

उनका अनुसार कलंकी क्षेत्रमा भएको सवारी दुर्घटना नयाँ वर्षको दिन घुम्न जाँदा भएको नभई करिब १५ दिनअघि इन्धन संकट व्यवस्थापनसँग सम्बन्धित कामका क्रममा भएको हो।

कार्यकारी निर्देशक भट्टले इन्धन तथा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन विदाको दिनमै मन्त्रालय पुगेर सम्बन्धित निकायसँग समन्वय गरेको जानकारी दिए। सोही क्रममा स्वयम्भु क्षेत्रका ग्यास विक्रेताहरूको अनुगमन गरिएको र १४.२ केजी ग्यास सिलिण्डर लागू गर्ने वा ७.१ केजीलाई निरन्तरता दिने विषयमा छलफल भएको बताइएको छ।

उनले ड्राइभरलाई दुःख नदिन आफूले नै सवारी साधन चलाएर फर्कने क्रममा कलंकी चोकमा दुर्घटना भएको स्पष्ट पारे । भट्टले यस्ता भ्रामक समाचारले समाजमा गलत सन्देश जाने भन्दै तथ्यमा आधारित सूचना प्रवाह गर्न सबैलाई आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button