मधेस प्रदेशसमाचारसमाज

घरमा पस्यो डाँकाको समूह, लुटपाटसँगै घरधनीको हत्या

Ad 1
Ad 2
Ad 3
Ad 4

राजविराज (सप्तरी)। सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा डाँकाको एक समूहले एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएअनुसार, बिहीबार राति डाँकाको एक समूह कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको र निजको हत्यासमेत गरेको हो।

डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्। प्रहरीका अनुसार, चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको छ। घटनापछि डाँकाहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button