समाचार
दक्षिणी लेबनानको सरकारी अस्पतालमा इजरायली आक्रमण

काठमाडौं । इजरायलले दक्षिणी लेबनानको तेब्निन अस्पतालमा बम विस्फोट गराएको छ । लेबनानको सरकारी समाचार एजेन्सी नेशनल न्यूज एजेन्सीका अनुसार इजरायली आक्रमणले अस्पतालमा ठूलो क्षति भएको छ ।
आक्रमणबाट अस्पतालको करिडोरमा फुटेका सिसाहरू छरिएको छ भने धेरै कोठाहरूमा उपकरणहरू पल्टिएको अवस्थामा छ । अस्पताल बाहिर पार्क गरिएका सवारी साधनहरू पनि भग्नावशेष खसेर क्षतिग्रस्त भएको छ ।



