मधेस प्रदेशराजनीतिसमाचार

नेपाल तरुण दल बारा द्वारा पूर्वाधार विकास कार्यालय बारामा ज्ञापन पत्र

कलैया, १६ चैत
नेपाल तरुण दल बाराको जिल्ला अध्यक्ष दिपेन्द्र पटेलले पूर्वाधार विकास कार्यालय, कलैया, बारामा ज्ञापन पत्र बुझाएका छन् । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने सम्पूर्ण योजनाहरू प्रचलित नियम, कानुन तथा मापदण्ड अनुसार मात्रै कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारेको छ।
ज्ञापन पत्रमा सबै योजनाहरू सम्बन्धित निकायमार्फत नै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, कुनै पनि योजना खरिद–बिक्री गर्ने कार्य नगर्न/नगराउन सबै सरोकारवालालाई सचेत गराइएको छ।
सम्पन्न भएका योजनाहरूको भुक्तानी प्रक्रिया वास्तविक काम सम्पन्न भई पेश गरिएका बिल, भरपाई तथा आवश्यक कागजातका आधारमा मात्र गरिने पनि स्पष्ट गरिएको छ।
कार्यालयले सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई प्रचलित नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
उक्त ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, बारा, भौतिक पूर्वाधार विकास मन्त्रालय, जनकपुरधाम तथा अर्थ मन्त्रालय, जनकपुरधामलाई समेत पठाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button