युद्धविराम वार्ता गर्न चाहन्छन् ट्रम्प, इरानको सर्त– क्षतिपूर्ति र थप आक्रमण नहुने ग्यारेन्टी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिमले इरानसँग युद्धविरामको वार्ता गर्न चाहेको दाबी गरिएको छ । एक्सियोस न्यूजका अनुसार त्यसका लागि ट्रम्पका सल्लाहकारहरू जारेड कुशनर र स्टिभ विटकफ काम गरिरहेका छन् ।
रिपोर्टका अनुसार, मुख्यगरी इरानले वार्ताका लागि दुई सर्तहरु राखेको छ । पहिलो, युद्ध रोक्नुपर्ने र क्षतिपूर्ति । दोस्रो, भविष्यमा फेरि आक्रमण नहुने दृढ ग्यारेन्टी ।
तर ट्रम्पका अनुसार उनी अझै पनि इरानका सर्तहरू स्वीकार गर्न तयार छैनन्, त्यसमा पनि क्षतिपूर्तिको माग । अमेरिका र इरानबीच हाल प्रत्यक्ष वार्ता भएको छैन । यद्यपि, इजिप्ट, कतार र बेलायत लगायत देशहरूले मध्यस्थकर्ताको रूपमा काम गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकाले इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम अस्थायी रूपमा रोक्न चाहेको छ । साथै, इरानले युरेनियम संवर्द्धन र आणविक सुविधाहरू नष्ट गर्नुपर्ने अडान अमेरिकाको रहेको छ ।



