मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

पर्सा-२ की एमाले उम्मेदवार रिमा यादवको चुनाव खर्च ९ लाख १४ हजार मात्रै

वीरगन्ज, ८ चैत । पर्सा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार भई पराजित भएकी रिमा कुमारी यादवले पनि यसपालिको निर्वाचनमा आँफुले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएकी छन् ।यादवले आँफुले निर्वाचनमा गरेको खर्चको विवरण आइतबार निर्वाचन कार्यालयय पर्सामा बुझाएकी हुन् ।

जसमा यादवले फागुन २१ को निर्वाचनका लागि आँफुले कूल ९ लाख १४ हजार ८३४ रुपैयाँ ९८ पैसा मात्रै खर्च भएको उल्लेख गरेकी छन् ।उनले चुनावमा सबैभन्दा बढी गोष्ठी, अन्तरकृया र घरदैलो कार्यक्रममा खाजा नास्तामा ३ लाख ९९ हजार ४०० रुपैयाँ खर्च भएको जनाएकी छन् । यस्तै इन्धन खर्चमा २ लाख ४० हजार ८६२ रुपैयाँ ९९ पैसा , सवारी सधानको भाडा बापत १ लाख ८० हजार रुपैयाँ खर्च भएको यादवले बताएकी छन् ।

यस्तै प्रचार प्रसारमा ७० हजार ९२ रुपैयाँ ४९ पैसा,विविध खर्चमा १९ हजार ४८० रुपैयाँ र मनोनयन दर्तामा ५ हजार रुपैयाँ खर्च भएको यादवले उल्लेख गरेकी छन् । पर्सा क्षेत्र नम्बर २ मा पनि रास्वपाका सुशीलकुमार कानु ३० हजार ७४० मतका साथ सांसदमा निर्वाचित हुदाँ उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री अजय चौरसिया ११ हजार ८९० मतका साथ दोस्रो भएका थिए। उक्त क्षेत्रमा एमाले उम्मेदवार यादवले भने ११ हजार ६०५ मत मात्रै पाएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button