समाचार

ट्रम्प भन्छन्– कतारमाथि फेरि आक्रमण गरिए सहन सकिँदैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कतारमाथि फेरि आक्रमण गरिए सहन नसकिने चेतावनी दिएका छन् । उनका अनुसार इरानले कतारमाथि फेरि आक्रमण गरे अमेरिकाले ठूलो सैन्य कारबाही गर्नेछ ।

कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट रास लाफानमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको स्थिति बिग्रिएको छ । प्लान्टमा आगलागी र ठूलो क्षति भएको छ ।

इजरायलले इरानको पार्स ग्यास प्लान्टमा आक्रमण गरेपछि इरानले कतारको प्लान्टमा आक्रमण गरेको हो । साथै, ट्रम्पले इजरायली आक्रमणको बारेमा अमेरिकालाई पहिले कुनै जानकारी नभएको र कतार यसमा संलग्न नभएको बताए ।

ट्रम्पले इरानले गल्तीले कतारलाई निशाना बनाएको पनि उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button