वीरगंजको घडीअर्वा स्पोर्टस् क्लबद्वारा पर्सा–२ का नवनिर्वाचित सांसद कानु सम्मानित

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्य (सांसद)मा नवनिर्वाचित सुशील कुमार काननुलाई घडिअर्वा स्पोट्र्स क्लबले सम्मानित गरेको छ । कानुको आफ्नै गृह वडा वीरगन्ज–१० घडिअर्वामा अवस्थित घडिअर्वा स्पोट्र्स क्लबले बुधबार बिहान क्लबकै कार्यालयमा एक कार्यक्रम गरेर नवनिर्वाचित कानुलाई भव्य स्वागत गर्दै सम्मानित गरेको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष साह कानुले नवनिर्वाचित सांसद कानुलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरे । कानु घडिअर्वा स्पोट्र्स क्लबका पूर्व सदस्य, सचिव हुदैं अध्यक्षसमेत बनेका थिए । सम्मान ग्रहण गर्दै नवनिर्वाचित सांसद कानुले आफूले सामाजिक यात्राको सुरुवात यहीँ क्लबको साथ र सहयोगबाट गरेको स्मरण गरे ।
उनले घडीअर्वा स्पोट्र्स क्लबले युवाहरुलाई एकजुट गराउँदै समाजसेवा तथा सामाजिक गतिविधिमा सक्रिय बनाएको बताउँदै आफ्नो राजनीतिक जीवनको प्रारम्भिक चरणमा पनि यस क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले क्लबकै सहयोग र प्रेरणाले पहिलो पटक वडा अध्यक्ष पदमा निर्वाचित हुन सफल भएको र आज त्यही यात्रालाई निरन्तरता दिँदै प्रतिनिधि सभा सदस्यसम्म पुग्न सकेको बताए ।
सांसद कानुले युवाहरुको सक्रियता र एकताले समाज र राष्ट्र परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास पनि व्यक्त गरे । क्लबका अध्यक्ष सन्तोष साह कानुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लबका सन्तोष गुप्ता, मनोहर साह, लखन गुप्ता, शम्भु साह कानु, रास्वपाका युवा नेता सुधिर पटेलका साथै स्थनीय युवा तथा क्लबका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।



