राजनीतिसमाचार

एमालेका नेता प्रदीप जयसवालको पहलमा सखुवाप्रसौनी वडा नं २ जमुनियामा अगुवा तथा नेता कार्यकर्ता भेटघाट सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज,११ फ । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–२ जमुनीयामा नेकपा (एमाले) ले चुनावी अभियानलाई तीव्र बनाउँदै अगुवा नेता तथा सक्रिय कार्यकर्तासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेकपा एमालेका नेता प्रदीप जयसवालको सक्रिय पहलमा सम्पन्न भएको हो।

 

कार्यक्रममा स्थानीय तहका अगुवा नेता, युवा कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलका क्रममा संगठन सुदृढीकरण, घरदैलो अभियानको प्रभावकारिता, मतदाता सम्पर्क विस्तार र विकासका एजेण्डालाई जनस्तरसम्म पुर्‍याउने विषयमा विस्तृत रणनीति बनाइएको बताइएको छ।

 

यस अवसरमा वक्ताहरूले पर्सा–३ को समग्र विकास, कृषि आधुनिकीकरण, सडक तथा पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र युवालाई रोजगारीसँग जोड्ने दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। उहांहरूले नेकपा एमाले नै स्थायित्व, सुशासन र समृद्धिको आधार भएको दाबी गरे।

 

छलफलमा विशेष गरी पर्सा–३ मा युवा नेतृत्वको रूपमा सक्रिय रहेका रूपेश पाण्डेको भूमिकाबारे सकारात्मक चर्चा भएको सहभागीहरूले जनाएका छन। विगत केही वर्षदेखि क्षेत्रका बस्ती–बस्ती पुगेर जनताका समस्या बुझ्दै आएका पाण्डेप्रति स्थानीय तहमा विश्वास र अपेक्षा बढ्दो रहेको नेताहरूले बताएका छन। “ग्रासरूट तहबाट निरन्तर सक्रियता देखाएका कारण रूपेश पाण्डे पर्सा–३ का लागि आशाको केन्द्र बनेका छन,” एक स्थानीय नेताले भने।

 

नेता प्रदीप जयसवालले संगठनलाई एकताबद्ध र अनुशासित बनाएर निर्वाचनमा प्रभावकारी परिणाम ल्याउने गरी अभियानलाई अझ सशक्त बनाइने बताए। उनले प्रत्येक टोल र बस्तीमा पुगेर एमालेको नीति, कार्यक्रम र विकास दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्न निर्देशन दिएका थिए।

 

राजनीतिक रूपमा प्रतिस्पर्धा तीव्र बन्दै गएको पर्सा–३ मा एमालेले संगठनात्मक मजबुती र युवा नेतृत्वको ऊर्जा मार्फत चुनावी मैदानमा बलियो उपस्थिति देखाइरहेको छ। जमुनीयामा सम्पन्न कार्यक्रमलाई स्थानीय स्तरमा एमालेको पक्षमा माहोल निर्माण गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

 

पार्टीका नेताहरूका अनुसार आगामी दिनमा घरदैलो, टोलसभा, युवासँग अन्तरक्रिया तथा जनसम्पर्क कार्यक्रमलाई अझ तीव्र बनाउँदै पर्सा–३ मा एमालेको जित सुनिश्चित गर्ने रणनीतिका साथ अभियान अगाडि बढाइनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button