राजनीतिसमाचार

पर्सा क्षेत्र -२ को बगहीमा घरदैलो तथा वडा स्तरीय अगुवा भेला सम्पन्न, शिक्षा, स्वस्थ र कृषि क्षेत्रको विना समृद्ध समाज निर्माण सम्भव नहुने: रिमा यादव

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताएकी छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ बगहीमा सोमबार नेकपा एमालेद्वारा आयोजित वडा स्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले दक्ष जनशक्ति उत्पादनका लागि वडा–वडामा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्य रहेको बताइन्। सीप विकासले महिलालाई आत्मनिर्भर बनाउने र रोजगारीमा जोड्ने उनको धारणा थियो।

यादवले प्रत्येक स्वास्थ्य संस्थामा सुलभ रुपमा औषधि उपलब्ध गराउने र चिकित्सकको नियुक्तिका लागि पहल गरिने बताइन्। उनले अब स्वास्थ्य चौकीहरूमा समेत कम्तीमा एक जना एमबिबिएस डाक्टरसहितको सेवा सुनिश्चित गर्न आफूले पहल गर्ने स्पष्ट गरिन्।

महिला अधिकार र शिक्षामा जोड दिँदै उनले प्रौढ शिक्षालाई पुनः निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याइन्। “प्रौढ शिक्षा मधेशमा निकै फलदायी सावित भएको थियो। त्यो कार्यक्रम किन बन्द गरियो थाहा भएन, तर म त्यसलाई पुनः सञ्चालन गरिनुपर्छ भन्ने माग गर्छु,” उनले भनिन्। प्रौढ शिक्षा कार्यक्रमले महिलालाई साक्षर बनाउनुका साथै आत्मसम्मान र स्वावलम्बनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

यादवले पर्साको ईतिहासमा पहिलो पटक जेनजी उमेर समुहको मधेशी महिला सांसदको उम्मेदवारी दिएको बताउदै यस क्षेत्रको बिकाशको लागि सुर्य चिन्हमा मतदान गरि आफुलाई बिजयी गराउन आग्रह गरिन ।

समानुपातिक उम्मेदवार तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त भेलामा वीरगञ्ज–१७ का वडा अध्यक्ष सन्जु छतकुली, वडा नम्बर–२४ का वडा अध्यक्ष विजय कुर्मी, युवा नेता मुकेश द्विवेदीलगायतले आ–आफ्ना धारणा राखेका थिए।

ईकाई अध्यक्ष धुरुप राउत कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए। भेलामा सहभागी वक्ताहरूले महिला अधिकार, समावेशी विकास र स्थानीय तहको सुदृढीकरणका लागि नेकपा एमालेको भूमिका निर्णायक हुने दाबी गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button