काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले प्रसाईंलाई काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो।
‘राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ गरेको हो ।
प्रसाईँले स्थानीय प्रशासनको अनुमति बिनै कार्यक्रम गर्न लागेका थिए । उनी यसअघि यही माघ ५ गते पनि पोखराबाट पक्राउ परेका थिए ।
पक्राउ गरेको भोलिपल्टै उनी हाजिरी जमानीमा रिहा भएका थिए।
