राजनीतिसमाचार

गोरखामा विभिन्न पार्टीका नेता एमालेमा प्रवेश

Ad 1
Ad 2
Ad 3
Ad 4

गोरखा । गोरखाको धार्चे गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज सम्पन्न गाउँपालिका कमिटीको बैठकमा उनीहरूलाई औपचारिकरुपमा स्वागत गरिएको हो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामशरण बस्नेत तथा गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र लामिछाने (आरसी)को उपस्थिति रहेको थियो ।

बैठकले निर्वाचन केन्द्रित कार्यक्रम तय गर्दै पार्टी उम्मेदवारको विजयका लागि जुट्न सबैलाई आह्वान समेत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button