समाचारसमाज

पर्सामा बिक्रीका लागि भण्डारण गरिएको डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । पर्सा प्रहरीले डेढ क्विन्टल भन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा मंगलवार पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ३ ब्रहमनगर हुलाकी सडकखण्डदेखि पश्चिमतर्फ जाने कच्ची सडकखण्डको छेउमा रहेको ४२ वर्षीय छिरिङ दोङको काठले बनेको दुई तल्ले घरबाट उक्त लागु औषध बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले उक्त घरको माथिल्लो तल्लाको कोठाभित्र निलो प्लाष्टिकले बेरि लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ ९५० ग्राम तथा सो घरबाट १५ मिटर उत्तरतर्फ बाझो खेतमा उखुको पातले छोपि रातो रंगको प्लाष्टिकले बेरि लुकाइ छिपाइ राखिएको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ १० पोकामा १ क्विन्टल ५७ के.जी. बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार लागुऔषध गाँजा भण्डारण गरी विक्रीका लागि राखिएको पर्साको ठोरी गाउँपालिका वडा नं. ३ ब्रह्मनगर निवासी ४२ वर्षीय छिरिङ दोङको खोजी कार्य भइरहेको छ। साथै बरामद गरिएको लागुऔषध गाँजालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button