मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

फागुन २१ को निर्वाचनपछि मुलुकले पहिलो मधेसी प्रधानमन्त्री पाउँदैछ : रास्वपा सभापति पन्त

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,२०पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्लाका सभापति हरी पन्तले फागुन २१ को निर्बाचन पछि पहिलो पटक मुलुकले मधेसी प्रधानमन्त्री पाउने दाबी गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा आइतबार आयोजित रास्वपाको प्रथम वडा भेलालामा बोल्दै सभापति पन्तले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनपछि मधेसी युवा तथा काठमाडौंका मेयर बालेन्द्र साहलाई प्रधानमन्त्री बन्ने पक्का रहेको दाबी गरे ।

पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसको छोरा बलेन् साहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्नु आम मधेसबासी र मधेसको लागि गर्वको कुरा भएको बताए । उनले अब मधेसको छोरालाई प्रधानमन्त्री बन्नबाट कसैले पनि रोक्न नसक्ने समेत बताए । उक्त भेलाबाट धुरूप साहको सभापतित्वमा ११ सदस्यीय रास्वपाको वडा ईकाइ समिति गठन गरिएको छ । जसको उपसभापतिमा मनोज कुमार , सचिवमा धीरज साह कलवार तथा सदस्यहरूमा धुरेन्द्र साह तेली ललन पासवान ,लालचन कुमार कानु , धर्मेन्द्र दास असलम मिया,राधे शाह तेली ,गिरिजा देवी ठाकुर , उमाराबती देवी रहेका छन् ।

रास्वपाका वीरगन्ज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन उक्त भेलामा केन्द्रिय सदस्य डा. नन्दन यादब,क्षेत्रीय सभापति राम आर्य लगायतले सम्वोधन गरेका थिए ।भेलामा रास्वपाका महानगर उपसभापति परितोश द्विवेदी, सचिव गौतम श्रेष्ठ , जिल्ला सचिव सुदिष प्रजापति ,कोषाध्यक्ष दिलीप कुर्मी , फैयाद मिया लगायतका नेताहरुकोपनि सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button