खेलकुदमधेस प्रदेशसमाचारस्थानीय

दोस्रो पर्सागढी मेयर कप क्रिकेट प्रिमियर लिगको उपाधि पर्सा डोमिनेटरलाई

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका–६ स्थित तित्रौना टोलको झुलुङ्गे पुल नजिकको खेल मैदानमा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रिकेट प्रिमियर लिग सम्पन्न भएको छ। पर्सागढी लायन्स क्लबको आयोजनामा बिहीबार सम्पन्न फाइनल खेलमा पर्सा डोमिनेटर ले रोयल च्यालेन्जर्स बागेश्वरीलाई ७ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
IMG 20260101 191217 Scaled
टस जितेर फिल्डिङ रोजेको पर्सा डोमिनेटरविरुद्ध रोयल च्यालेन्जर्स बागेश्वरीले पहिले ब्याटिङ गर्दै १८ ओभर ४ बलमा अलआउट हुँदै ११० रन मात्र जोड्न सक्यो। बागेश्वरीका लागि निमेष पटेलले १७ बलमा ३६ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। १११ रनको लक्ष्य पछ्याएको पर्सा डोमिनेटरले १६ ओभर ४ बलमै ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। पर्सा डोमिनेटरका खेलाडी रोशनले ३० बलमा ५१ रनको शानदार इनिङ खेलेपछि उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

IMG 20260101 130657 Scaled

फाइनल खेलको पुरस्कार वितरण कार्यक्रममा पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नगर उपप्रमुख पूजा चौधरी, प्रशासकीय अधिकृत राजु साह, समाजसेवी विनोद यादव, सिकेन्द्र पटेल, नगर प्रमुखका स्वकीय सचिव सञ्जय पजियारलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

IMG 20260101 191401 1 Scaled
प्रतियोगिताका विजेता पर्सा डोमिनेटरलाई नगद रु ७० हजार, उपविजेता रोयल च्यालेन्जर्स बागेश्वरीलाई नगद रु ४० हजार तथा सेमीफाइनल खेल्ने दुई टिमलाई जनही रु २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक पर्सागढी लायन्स क्लबका अध्यक्ष देबेन्द्र यादव र पर्सागढी नगरपालिका–६ का वडा सदस्य जितेन्द्र यादवले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button