समाचारसमाजस्थानीय

वीरगंजमा ६ लाख ७१ हजार हुण्डी रकमसहित तीन जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार प्राप्त सूचनाका आधारमा पुस १४ गते भारतको बिहार राज्य, बेतिया जिल्ला बैरिया थाना–८ मथौली घर भई हाल वीरगंज महानगरपालिका–२ छपकैया बस्दै आएका ५० वर्षीय अनवर मियाँ र सोही स्थानका २२ वर्षीय महमद कैफ अहमदलाई भारतीय नम्बरको मोटरसाइकलमा सवार अवस्थामा वीरगंज–१० मकालु चोकबाट पक्राउ गरिएको हो।

उनीहरूको साथबाट नगद तीन लाख रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

यसैगरी भारत, बिहार मोतिहारी जिल्ला दरपा थाना अन्तर्गत ग्राम पञ्चायत गम्हरियाकला वडा नं. ३ बस्ने ४८ वर्षीय फूल महम्मदलाई लु ४१ प ६८९७ नम्बरको मोटरसाइकलसहित दुई लाख ४१ हजार रुपैयाँ नगदसहित मकालु चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button