खेलकुदमधेस प्रदेशसमाचार

पर्सागढी मेयर कप : उत्रांश बोल्टलाई ३ विकेटले पराजित गर्दै पर्सा दोमीनेटर फाइनलमा प्रवेश

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नम्बर ६, टोल तित्रौना स्थित झुलुङ्गे पुल नजिकको खेल मैदानमा पर्सागढी लायन्स क्लबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रिकेट प्रिमियर लिग अन्तर्गत पहिलो सेमीफाइनल खेल सम्पन्न भएको छ। पहिलो सेमीफाइनल खेलमा पर्सा दोमीनेटरले उत्रांश बोल्टलाई ३ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

टस जितेर फिल्डिङ रोजेको पर्सा दोमीनेटर विरुद्ध उत्रांश बोल्टले पहिले ब्याटिङ गर्दै १५ ओभर ३ बलमा ६९ रनमै समेटियो । पर्सा दोमीनेटरका लागि बलिराम गिरी ३ ओभरमा सर्वाधिक ४ विकेटको उत्कृष्ट योगदान दिए।

७० रनको लक्ष्य पछ्याएको पर्सा दोमीनेटरले दोस्रो इनिङमा १८ ओभरमा ८ बिकेट गुमाउँदै, उत्रांश बोल्टलाई ३ विकेटले पराजित गर्दै पर्सा दोमीनेटर फाइनलमा प्रवेश गरेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पर्सा दोमीनेटर का खेलाडी बलिराम गिरीले ३ ओभरमा ४ बिकेट लिई म्यान अफ द म्याच घोषित भए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button