वागमती प्रदेशसमाचार

हेटौँडामा सडक विस्तार, ४८ वर्ष लाग्यो डोजर चल्न, बुद्धचोक क्षेत्रका संरचना विहानैदेखि भत्काउन थालियो

Ad 1
Ad 2
Ad 3
Ad 4

हेटौँडा। सडक डिभिजन हेटौँडाले १५ दिने अल्टिमेटम सकिएलगत्तै शनिवार बिहानदेखि बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर तथा संरचना भत्काउने काम सुरु गरेको छ।

 

डिभिजनले मङ्सिर ५ गते २५ गज (करिब २५ मिटर) भित्र परेका सबै संरचना हटाउन निर्देशन जारी गरेको थियो।

 

म्याद सकिएपछि स्थानीय प्रशासन र ठूलो सङ्ख्यामा परिचालित सुरक्षाकर्मीको उपस्थितिमा बिहानैदेखि संरचना हटाउने कार्य सुरु गरिएको हो।

 

सडक विस्तारका क्रममा रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म पर्ने क्षेत्रका घर–टहरा र अन्य अवैध संरचना हटाइँदै छन्।

Hetauda-Bazar_-1290-1-600x400.jpg

काम सुरु भएसँगै सो क्षेत्रमा राजमार्गको आवागमनलाई वैकल्पिक रूटमार्फत सञ्चालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

 

हेटौँडामा सडक विस्तारको प्रयास २०३४ सालदेखि नै गर्दै आएको भए पनि विभिन्न अवरोधका कारण पटक–पटक रोकिँदै आएको थियो।

 

यसपटक भने विस्तृत रेखाङ्कनअनुसारको सडक निर्माणका लागि संरचना हटाउने कार्य तीव्रताका साथ अगाडि बढाइएको डिभिजन कार्यालयले जनाएको छ।

Hetauda-Bazar_-1291-600x400.jpg

यो अभियानसंगै आधुनिक हेटौडाको निर्माण अव सहज हुने भएको छ । सडकको जग्गा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन ४८ वर्ष लागेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button