खेलकुदसमाचार

धोविनी गाउँपालिका अध्यक्ष चौहानद्धारा टी -२० क्रिकेट प्रतियोगिताको उद्घाटन

Ad 1
Ad 2
Ad 3
Ad 4

राजन बानिया
पर्सा ।दिपावली र छठ पर्बको अवसरमा पर्साको धोबीनी गाउँपालिका वडा नं ३ गुलरिया क्रिकेट कल्बले आयोजना गरेको टि-२० क्रिकेट प्रतियोगिता गुलरिया क्रिकेट खेलमैदानमा बुधबारको उद्घाटन भएको छ।

गुलरिया खेलमैदानमा भएको क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले फिता काटेर उद्घाटन गर्नु भएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले भन्ने “खेल प्रतीको उत्साह हेरर गाउँका जनताहरुलाई धन्यवाद दिन चाहन्छु । यो खेलले शारीरिक तथा मस्तिष्क को बिकास हुन्छ। खेल ले स्वास्थ्य मा औषधी को काम गर्नेे गर्छ साथै खेलले गाउँपालिका ,देश बिदेशमा पहिचान को रुपमा चिनाउँछ र आउने दिनमा युवाहरुलाई सहयोग गरि रहने अध्यक्ष चौहानले प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो “।

कार्यक्रममा धोबीनी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष राजकिशोर पटेल, मनाउर मियाँ ,देबेन्द्र पटेल,स्थानिय नेता बुनिलाल कुर्मी,शिक्षक पारस पटेल, ललन प्रसाद कुर्मी, गुलरिया युवा कलबका अध्यक्ष पानालाल साह, हरिशंकर पटेल, सुदिल पटेल, लगायत खेल प्रेमी तथा स्थानीयहरुको सहभागीता रहेको थियो।

टि-२० क्रिकेट टुनामेंन्टमा नेपाल भारत लगायत ८ वटा टिम खेलने आयोजक संस्थाका करमुदिन मियाँले जनाए। आज भएको खेलमा पर्सालाई हराउँदै हेटौंडाले जित हासिल गरेको छ । भोलिको खेल बारा र रौतहट बिच हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button