वागमती प्रदेशसमाचार

भीमफेदी कारागारमा एक कैदीको मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

३१ साउन । मकवानपुरको भीमफेदीस्थित कारागारमा थुनामा रहेका एक कैदीको उपचारको क्रममा निधन भएको छ। चितवन घर भएका ४३ वर्षीय विष्णुप्रसाद दुलालको शनिबार बिहान अचानक बिरामी परेपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

कारागार प्रमुख सुवास पौडेलका अनुसार, बिहान करिब ५:४० बजे दुलाललाई सास फेर्न गाह्रो भएको देखिएपछि तत्कालै कारागारको स्वास्थ्य टोलीले प्राथमिक उपचार दिएको थियो। केही सुधार भए पनि बाथरूममा गएका बेला उनी एक्कासी लडे र अचेत भए।

“५:५० बजे बाथरूम गएका उनी एक मिनेटमै ढले। तत्कालै हामीले हेटौंडा अस्पताल लगेका थियौं,” जेलर पौडेलले जानकारी दिए। उनलाई ६:५५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मृत घोषणा गरेका थिए।

दुलाललाई चितवन जिल्ला अदालतले जर्बजस्ती करणी अभियोगमा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो। २०७८ माघ १० मा फैसला भएपछी, उनी २०७९ साउन १३ मा भीमफेदी कारागार पठाइएको थियो। कारागारको ‘कझ ब्लक’ मा उनी बस्दै आएका थिए।

मृत्युको यकिन कारण अझै नखुलेको भए पनि शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। विस्तृत रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने जेल प्रशासनले जनाएको छ।

भीमफेदी कारागारमा हाल ५०० भन्दा बढी कैदीबन्दी छन्। जेल प्रशासनले यो घटना आकस्मिक भएको बताउँदै, थप अनुसन्धान भइरहेको जनाएको छ। “हिजो साँझमात्रै कैदीहरूको स्वास्थ्य स्थिति अनुगमन गरिएको थियो, सबै सामान्य थियो,” जेलर पौडेलले भने, “तर बिहानै यस्तो अप्रत्याशित र दुखद घटना भयो।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button