अर्थ वाणिज्यमधेस प्रदेशसमाचारसमाज

उपकार सेवा नेपालद्वारा वीरगन्जका एक पुरुषलाई ह्वील चेयर सहयोग

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,३० साउन ।
परोपकारी कार्यमा निरन्तर सकृय रहदैं आएको उपकार सेवा नेपालले शुक्रबारपनि वीरगन्जका एक अपांगता भएका व्याक्तिलाई ह्वील चेयर सहयोग गरेको छ । उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका शारिरिक रुपमा पूर्ण रुपले अपांगता भएका एक पुरुषलाई ह्वील चेयर प्रदान गरेको हो ।

आर्थिक रुपमा समेत निक्कै कमजोर अवस्था रहेका ती पुरुषको दैनिकी जनजीवन निक्कै कष्टकर रहेको थाहा पाएपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा उपपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगीले ती पुरषलाई शुक्रबार ह्वीलचेयर प्रदान गरेकी हुन् ।

त्यसअवसरमा संस्थाका सदस्यद्वय सुमन बगेडिया र अंकुर शर्मा,सामाजिक अभियन्ता प्रकाश थारु, सशस्त्र प्रहरी हवल्दार सुरेन्द्र बहादुर सिंह,स्थानिय नन्द किशोर कुशवाहा लगायतकाको पनि उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button