मधेस प्रदेशसमाचारसमाज

पर्सामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ४६ वर्षीय पुरुष पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ साउन २१ गते बिहान करिब १० बजे बालिका बाख्रा चराइरहेकी अवस्थामा साहले एक्लै पारी रु. १० को नोट देखाई फकाएर ठोरी गाउँपालिका–२ स्थित जंगलमा लगेका थिए। त्यहाँ उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ।

बालिकाका परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए। उजुरी दर्ता भएपछि प्रहरीले दिउँसो करिब ३ बजे सुन्दरबस्तीबाट साहलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई साहविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button