मधेस प्रदेशशिक्षासमाचारसमाज

वीरगंजमा ‘सुनौलो आवाज’ पडकास्टको औपचारिक उद्घाटन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । वीरगंजमा बिहीबार ‘सुनौलो आवाज’ पडकास्टको औपचारिक रूपमा उद्घाटन गरिएको छ। ग्राफिटी डिजिटल मिडिया प्रा.लि. अन्तर्गत तराई दर्पणद्वारा सञ्चालित यस संवादमूलक पडकास्टको उद्देश्य युवाका आवाज र स्थानीय विषयवस्तुलाई प्राथमिकताका साथ उठान गर्नु रहेको बताइएको छ।

वीरगंज महानगरपालिका–५ स्थित माईस्थानमा रहेको कार्यालयमा आयोजित एक समारोहबीच वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम र वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले युवाका सवाललाई उजागर गर्ने उद्देश्यले स्थापित पडकास्टले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “संस्था स्थापना गर्नुभन्दा पनि त्यसलाई निरन्तरता दिन सक्नु चुनौतीपूर्ण कुरा हो।”

सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर, पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पुरण चन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, मानव सेवा आश्रमका केन्द्रिय सदस्य देवेश मानवसेवा, अनेरास्ववियुका केन्द्रिय सदस्य आशिफ अहमद, एक्सपर्ट एजुकेशन भिसा सर्भिसेजका प्रबन्ध निर्देशक आकाशनाथ जोशी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, ईम्प्रुभिङ् वीरगंजका प्रमुख कार्यकारी अधिकृत सरन गुप्तालगायतको उपस्थिति रहेको थियो।

पडकास्टका प्रस्तोता विशेष साहका अनुसार ‘सुनौलो आवाज’ वीरगंजकै सामाजिक, राजनीतिक, शैक्षिक र आर्थिक क्षेत्रका व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्ने एक प्रभावकारी प्लेटफर्मका रूपमा अघि बढ्नेछ। यस पडकास्टको संचालनमा प्रमुख कार्यकारी अधिकृत रवि मण्डल, राहुल कुशवाह, आदित्य सिन्हालगायत युवाहरूको सक्रिय भूमिका रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button