मधेस प्रदेशसमाचारसमाज

१४ वर्षीया बालिकालाई भारत बेच्न लैजाँदै गरेका युवक वीरगंजबाट पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक युवकलाई पर्सा प्रहरीले भारत लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार जिल्ला पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ का २५ वर्षीय हिरा माझीले काठमाण्डौंकी १४ वर्षीया बालिकालाई प्रेम सम्बन्धमा पारेर विवाह गर्ने र भारतको दिल्लीमा काम लगाइदिने भन्दै प्रलोभन देखाई वीरगंज ल्याएका थिए।

मिति २०८२ साउन १६ गते बिहान करिब ५ बजे वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट सडकखण्डमा बालिकालाई लिएर भारततर्फ लैजाने क्रममा प्रहरी चौकी इनर्वाबाट खटिएको चेकजाँच टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बालिकालाई सकुशल उद्धार गर्दै हिरा माझीलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button