कर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशप्रदेशमधेस प्रदेशलुम्बिनी प्रदेशवागमती प्रदेशसमाचारसुदुरपस्चिम प्रदेश

मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशबाहेकका प्रदेशमा आइतबार दिउँसो भारी वर्षा हुने जनाएको छ । आइतबार दिउँसो र रातिको पूर्वानुमान गर्दै विभागले यस्तो जनाएको हो ।

विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका प्रदेशका पहाडीसहित एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यस्तै मधेस र लुम्बिनी प्रदेशमा थोरै स्थानमा मध्यम वर्षासहित हावाहुरी चल्ने सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

111

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button