मधेस प्रदेशविचारसमाचारस्थानीय

मधेश तेस्रो आँखाको चौथो वार्षिकोत्सव सम्पन्न, मर्यादित पत्रकारितामा ध्यान दिन वक्ताहरुको जोड

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगञ्ज, साउन १०
वीरगंजबाट प्रकाशन हुँदै आएको मधेश तेस्रो आँखा दैनिक को चौथो वार्षिकोत्सव शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजस्थित होटल वीरगंज गेटवेमा आयोजित समारोहमा पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले भ्रामक र ठगी प्रवृत्तिका पत्रकारहरूको पहिचान गरी समाजबाट अलग गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले पत्रकारिता क्षेत्रको मर्यादा जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारिता क्षेत्रमा देखिएको विकृति हटाउन सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। “पत्रकारिता जनताको आवाज हो, यसमा देखिएका कमजोरी हटाउन हामी सबै मिलेर लाग्नुपर्छ,” उहाँले भन्नुभयो।

समारोहमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दिपक गौतम, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, पत्रकार निरज पिठाकोठे मगर, जगत राई, शिवनाथ यादव लगायतले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता मुनेश लायो मगरले गर्नुभएको थियो भने सञ्चालन पत्रकार गणेश ठकुरीले गर्नुभएको थियो। कार्यक्रममा पत्रिकालाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button