समाचार

पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै अध्यक्ष शर्माले भनिन्– अधिनायकवादी सरकारको आयु धेरै छैन

काठमाण्डौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेकी छन् ।

उनले सरकारले प्रहरी प्रशासनको दुरुपयोग गरी पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी हुन् ।

‘समाचारमा चित्त बुझेन भने प्रेस काउन्सिलमा जाने होला नि ! छलफल पनि काउन्सिलमा गराउने पत्रकार आचार संहिताको मर्म हो ! तर केही महिनादेखि सरकार प्रहरी प्रशासनको दुरुपयोग गरेर पत्रकार प्रकाउ गर्ने र मिडियालाई दमन गर्न उद्धत छ ! प्रेस स्वतन्त्रता माथि अंकुश लगाएर लोकतन्त्र, संविधान र विधिको शासन उल्लंघन गर्ने सरकारी रवैयाको घोर भर्त्सना गर्दै पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर’ अध्यक्ष शर्माले फेसबुकमा लेखेकी छन्, ‘अधिनायकवादी सरकारको आयु त धेरै छैन ! पत्रकारलाई साइबर ब्युरोमा छलफल गराउने कुरा नै विधि सम्मत छैन ! सरकार दिनानुदिन प्रेस काउन्सिलको औचित्य समाप्त गर्दैछ ! प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपविरुद्ध एक हौँ’

सरकारको कार्यशैलीको आलोचना गर्दै अध्यक्ष शर्माले वर्तमान सरकारको आयु लामो नरहेको टिप्पणी समेत गरेकी छन् ।nirmala sharma post

Related Articles

Back to top button