त्रिशूली ३‘ए’ सुरुङभित्र मानिसको आवाज सुनियो : सांसद न्यौपाने

काठमाण्डौं । सांसद श्रीराम न्यौपानेले रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले उद्धारमा खटिएका नेपाली सेनाबाट सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएको बताएका हुन् ।
‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो ।’ उनले फेसबुकमा लेखेका छन्, ‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ । अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु ।’
उनले उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइने विश्वास व्यक्त गरेका छन् ।



