समाचार
पार्किङ गरिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरूषको शव पोष्टमार्टमका लागि पठाइयो

कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ ।
प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको हो । आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ ।
कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



