समाचारसमाज

अभियान्ता अन्सारी माथि प्रहरीको प्रहार, कानूनी शासनको गम्भिर उपहास

काठमाण्डौं । नागरिकको मानवअधिकारको कुरा गर्दा जेनजी अभियान्ताहरुनै सरकारी प्रहारको निशानामा परेका छन । उनीहरु माथि गुन्डाजस्तो शैलीमा प्रहरीले प्रहार गरेको छ । सुकुम्वासी नागरिकलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा अभियान्ता माजिद अन्सारी र उनका साथीहरूमाथि सामूहिक रूपमा कुटपिट गरिएको हो । उनीहरुमाथिको आक्रमणलाई राज्यको पक्षको क्रूरता, शक्ति दुरुपयोग र गम्भीर मानवअधिकार उल्लङ्घनको रुपमा नागरिकका सरोकार समुहले टिप्पणी गरेका छन ।

नागरिकको सुरक्षा गर्ने जिम्मेवारी बोकेको राज्य आफैं दमनको माध्यम बन्नु कानुनी शासनमाथिको प्रहार भएको उनीहरुको टिप्पणी छ । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले आफनो फेसबुक पेजमा युवा कानूनकर्मी तथा जेन जि आन्दोलनमा सक्रिय मित्र माजिद अन्सारीलाई किर्तिपुरका डुबानमा परेका सुकुम्बासीलाई उद्धार नगरेको विषयमा आवाज उठाए बापत चरम यातना सहित गिरफ्तार गरिएको लेखेका छन ।

उनले मजिदको बिना शर्त रिहाइको माँग गरेका छन । यो बर्बर यातनाको घोर भत्सर्ना गर्दछु। देश भरका कानूनकर्मी मित्रहरुलाई ऐक्यबद्धता जाहेर गर्न समेत उनले अनुरोध गरेका छन ।

Related Articles

Back to top button