समाचार
भुटानी शरणार्थी प्रकरण जिल्ला अदालतद्वारा ‘कसुर ठहर’, सजाय तोक्न भने बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरणलाई जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरेको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरूद्व मुद्दा दायर भएको थियो ।
तेजबहादुर खड्काको इजलासले कसुर ठहर गरेको हो । सजाय निर्धारण हुन भने बाँकी छ । सजाय निर्धारणका लागि प्रतिवादीलाई पेश गर्न पनि अदालतले आदेश दिएको छ ।



