समाचार

सङ्घर्ष समितिद्धारा पत्रकार महासंघ भवनमा तालाबन्दी, थप आन्दोलनका कार्यक्रम हुने : संयोजक तिवारी

वीरगन्ज,जेठ १५ गते । पत्रकार महासंघ पर्सामा शुद्धीकरण तथा नयाँ सदस्या बितरणका लागि गठित सङ्घर्ष समितिले शुक्रबार महासंघको भवनमा तालाबन्दी गरेको छ । सङ्घर्ष समितिका संयोजक अनुप तिवारीको नेतृत्वमा रहेको पत्रकारहरुको टोलिले तालाबन्दी गरेको हो ।IMG 20260529 WA0022

वर्तमान कार्यसमितिले शुद्धीकरण अभियानमा सहयोग नगरेकोले ताला लगाउनु परेको सङ्घर्ष समितिका संयोजक अनुप तिवारीको भनाई छ ।
संयोजक तिवारीले भने, “हामीले ज्ञापन पत्र बुझायौं, एक–एक घण्टा महासंघको मुल गेटमा धर्ना दियौंैं तर कार्य समिति कानमा तेल हालेर बस्यो, हाम्रो मागहरु टार्ने काम भयो । ”

नेपाल पत्रकार महासंघ पर्साको कुल १६१ सदस्यहरुकै सदस्यता छानबिन गरी बिधानसंवत योज्ञ भएकाहरुलाई नबिकरण गरी साधारण सभा गर्न आफुहरुको एक सुत्रीय माग रहेको संयोजक तिवारीको भनाई छ । तालाबन्दी गर्ने समय सङ्घर्ष समितिका सह–संयोजक शेखर छतकुल्ली, सदस्यहरु बिरेन्द्र साह हिटलर, मनोज कुमार मिश्र, राजेन्द्र सिंह, पन्नालाल साह, मंसुर खान, संतोष पटेल, कृष्ण श्रीवास्तव, राजन सिंह, बलिराम यादव, राज कुमार सरार्फ, अर्जुन गुप्तालगायतको सहभागीता रहेको थियो । पुर्व निर्धारित कार्यक्रम अन्तर्गत तालाबन्दी गरिएको सङ्घर्ष समितिले जनाएको छ ।

Related Articles

Back to top button