समाचार
जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनुसन्धान गर्न सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले पूर्वन्यायाधीस एवम् जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगले आज जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै कार्कीको पनि आन्दोलनमा संलग्नता रहेको हुन सक्ने भन्दै अनुसन्धान गर्न सिफारिस गरेको हो ।
प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा कार्कीले अभिव्यक्ति दिएको भन्ने सामाजिक सञ्जालबाट देखिएको आयोगको ठहर छ।



