गण्डकी प्रदेशसमाचार

फिर्के खोला अतिक्रमण गरी बनाइएका संरचनामा पोखरा महानगरले चलायो डोजर

Ad 1
Ad 2
Ad 3
Ad 4

पोखरा। पोखराको फिर्के खोला अतिक्रमण गरेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।

फेवातालको मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले आज डोजर चलाएको हो ।

अतिक्रमित संरचनाहरूमा केही विद्यालय, विभिन्न टोल तथा जातीय संगठनका समाज घरहरू, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन र वडा नम्बर १७ स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्रको भवन समेत पर्दछन् ।

महानगरले यसअघि सूचना जारी गरेर खाली गर्न आह्वान गरेपनि खाली नभएपछि आज डोजर चलाइएको हो ।

Related Articles

Back to top button