समाचार

युके पठाउने प्रलोभन देखाएर करोडौं ठगी, दुई पुरुष प्रहरीको नियन्त्रणमा

काठमाडौं,२७ जेठ ।
वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।

उनीहरु दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ नियन्त्रणमा लिएको हो । उनीहरुलाई आइतबारे नरेफाँटबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताएका छन् ।

उनीहरुले युके पठाउने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परकोहरुलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button