वागमती प्रदेशसमाचार
हालसम्म कति सुकुम्बासीले टिपाए नाम ?

राजधानीका विभिन्न स्थानबाट हटाइएका र हटाउन बाँकी रहेका सुकुम्बासीले नाम टिपाउने क्रम जारी नै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुकुम्बासीको विवरण संकलन गर्ने काम भइरहेको हो । हालसम्म ३१ सय ११ जनाले नाम टिपाएका छन् ।
बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामा बसेर प्रभावित परिवारहरूको तथ्यांक संकलन गरिरहेका छन्।
रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क स्थापना गरी परिवारहरूलाई फारम भर्न लगाउने तथा आवश्यक विवरण संकलन गर्ने काम भइरहेको हो ।
उनीहरू स्वास्थ्य परीक्षणदेखि सेल्टरमा राख्ने काम पनि भइरहेको छ ।



