कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

6

काठमाडौं । कम्बोडियाबाट ४६ जना नेपालीको उद्वार गरिएको छ ।

थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसोबास गर्दै आएका ४६ जनाको उद्वार गरेर नेपाल पठाएको हो । उनीहरूलाई विभिन्न प्रलोभनमा पारेर कम्बोडिया लगेर अवैध काममा लगाइएको थियो ।

दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ ।

‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको छ,’ दूतावासले भनेको छ ।

Leave a comment