
पर्सा । जनकपुर क्षेत्रका युवा नेतृत्वकर्तामध्ये एक मानिएका बिशेष साहले रसायनशास्त्र अध्ययनबाट सुरु गरेको आफ्नो यात्रा आज सामाजिक अभियान र युवा सशक्तिकरणको अग्रपंक्तिमा पुर्याएका छन्। हाल उनी Gen-Z Parsa का अध्यक्षका रूपमा सक्रिय रहँदै जिल्लाका युवाहरूलाई संगठित गर्दै नेतृत्व गरिरहेका छन्।
बनारस हिन्दू विश्वविद्यालय (BHU) बाट B.Sc तथा M.Sc Chemistry अध्ययन गरेका साहले आफ्नो शैक्षिक ज्ञानलाई समाज सेवासँग जोड्दै विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका छन्। विशेषगरी, COVID-19 महामारीको कठिन समयमा उनले 100 Group Parsa सँग सहकार्य गर्दै लगातार ३९ दिनसम्म राहत वितरण अभियान सञ्चालन गरेका थिए। “कोही पनि भोकै नबसोस्” भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त अभियान निकै प्रभावकारी बनेको थियो।
साहले युवाहरूका लागि सीप विकास कार्यक्रम, रक्तदान अभियान तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहेका छन्। साथै, Pariwartan Nepal Foundation मार्फत नेपाल प्रहरीसँग सहकार्य गर्दै विद्यालय तथा कलेजहरूमा लागूऔषध विरुद्धको जनचेतना अभियान पनि सञ्चालन गरेका छन्।
यसअघि उनले बाब्लु गुप्ताको मार्गदर्शनमा पर्सा जिल्ला संयोजकको रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। साथै, राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनसँग कृषि औजार निर्माण कारखानामा स्वयंसेवकको रूपमा योगदान दिएका छन्। सामाजिक आन्दोलन, युवा सहभागिता र जनचेतनामा निरन्तर सक्रिय रहेका साहको यात्रा अझै जारी छ। उनका कार्यहरूले पर्सा मात्र नभई देशभरिका युवाहरूलाई प्रेरणा दिने विश्वास गरिएको छ।



