मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट १७१ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार बिहान लागूऔषध गाँजा १७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने २० वर्षीय अक्कलप्रसाद स्याङ्तानलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले भाबरबाट मनहरितर्फ आउँदै गरेको बा १३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक अक्कलप्रसादलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
