समाचार

सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने तयारी

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । पेट्रोलियम पदार्थको बढ्दो खपत नियन्त्रण गर्न सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी थालेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसबारे आन्तरिक छलफल अघि बढाएको र सरोकारवाला निकायहरूसँग पनि समन्वय गरिरहेको हो।

यातायात व्यवस्था विभागले समेत व्यवसायीहरूसँग छलफल गर्ने क्रममा रहेको छ। उता, ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न सरकारले निरन्तर आग्रह गरिरहेको छ।

खाडी क्षेत्रमा बढ्दो तनावका कारण इन्धनको मूल्य महँगिएको अवस्थामा यस्तो कदम चाल्न लागिएको हो। यसअघि पनि कोरोना महामारीको समयमा यस्तो व्यवस्था लागू गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button