मधेस प्रदेशसमाचारसमाजस्थानीय

वीरगन्जमा अपाङ्गता भएका पुरुषलाई ह्वीलचेयर सहयोग

वीरगन्ज, चैत ६ । परोपकारी संस्था उपकार सेवा नेपाल ले वीरगन्ज महानगरपालिका–११, मुर्ली चोक निवासी एक अपाङ्गता भएका पुरुषलाई ह्वीलचेयर सहयोग प्रदान गरेको छ।

संस्थाले क्वीन ज्वेलर्स को समन्वयमा ५५ वर्षीय ती पुरुषलाई घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गरेको हो। शारीरिक रूपमा अशक्त भई हिँडडुल गर्न नसक्ने तथा आर्थिक रूपमा विपन्न अवस्थाका कारण कष्टकर जीवन बिताइरहेका उनलाई लक्षित गरी सहयोग गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।

संस्थाकी अध्यक्ष विद्यादेवी सरावगी स्वयं उक्त व्यक्तिको निवासमा पुगेर ह्वीलचेयर हस्तान्तरण गरेकी थिइन्। अपाङ्गताका कारण दैनिक क्रियाकलापसमेत गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै मानवीय सेवाभावले सहयोग गरिएको जनाइएको छ।

ह्वीलचेयर वितरण कार्यक्रममा समाजसेवी अमर सर्राफ, प्रज्वलमान डंगोल, दिपु बर्णवाल तथा वडा अध्यक्ष अजय चौरसिया लगायतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button