मधेस प्रदेशराजनीतिसमाचारसमाजस्वास्थ्य

श्रीमानद्वारा श्रीमतीमाथि धारिलो हतियार प्रहार, खुट्टा छिनिएर गम्भीर घाइते

रामनिवास कुमार पटेल
पर्सा । पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ बिरुवाचौकमा श्रीमानले आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन्।

आइतबार बिहान करिब ७ बजे स्थानीय विश्वनाथ सहनी र उनकी श्रीमती हरिकला सहनीबीच घरायसी विवाद हुँदा विश्वनाथले श्रीमतीमाथि कुटपिट गर्नुका साथै दुबै हात र मुख बाँधेर चरम यातना दिएका थिए। त्यसपछि उनले धारिलो हतियार प्रयोग गरी श्रीमतीको खुट्टा छिनाइदिएको बताइएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बडनिहारबाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा हरिकला सहनीको खुट्टा छिनिएको अवस्थामा अत्यधिक रक्तस्राव भइरहेको देखिएकोले उनलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटना घटाएपछि विश्वनाथ सहनी घटनास्थलबाट फरार भएका छन्। ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार फरार रहेका सहनीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button