राजनीतिसमाचार

मधेशमा वास्तविक परिवर्तनका लागि रीमा यादवलाई विजयी गराउन झाँक्रीको आग्रह

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,१० फागुन । मधेशमा दीगो विकास र अधिकारको सुनिश्चितताका लागि सक्षम तथा प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताउँदै राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रीमा कुमारी यादव लाई विजयी गराउन मतदातासँग आग्रह गरेकी छिन।

नेकपा (एमाले) पर्साद्वारा पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिकाको डोकैला चौकमा आयोजित चुनावी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मधेशको आवाज सशक्त रूपमा उठाउन महिला नेतृत्वको आवश्यकता रहेको बताइन।

चारदिवार भन्दा बाहिर निस्केर मधेशकी छोरी–बुहारी राजनीतिमा अगाडि आएकी छन्। फागुन २१ गते हुने यो चुनाव रीमा यादवको मात्र नभई सम्पूर्ण मतदाताको भविष्यसँग जोडिएको चुनाव हो।

आफ्नै छोरी–बुहारीलाई नेतृत्वमा पुर्‍याउन उनलाई विजयी गराउन झाँक्रीले मतदाता समक्ष आग्रह गरिन ।

नेतृ झाँक्रीले मधेशका जनताको पहिचान, अधिकार, विकास र सम्मानका मुद्दा अब काठमाडौँसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताउँदै त्यसका लागि सशक्त प्रतिनिधित्व आवश्यक रहेको धारणा राखीन। उनले एमालेले युवाले खोजेको सक्षम र साहसी उम्मेदवार प्रस्तुत गरेको दाबी पनि गरिन।

“तपाईंहरूका हरेक मुद्दा—पहिचान, अधिकार, विकास र सम्मान—अब संघीय संसदमा बुलन्द आवाजका साथ उठाउनुपर्छ। त्यसका लागि हामी सबैले रीमा यादवसँग हातेमालो गरेर अघि बढ्नेछौँ,” उनले भनीन ।

झाँक्रीले पर्सा–२ का मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न अपिल गर्दै रीमा यादव संसदमा पुगे मधेशका सवालहरू सशक्त रूपमा उठाइने विश्वास व्यक्त गरिन।

कार्यक्रममा एमालेका उम्मेदवार रिमा यादव नेताहरु बिजय कुमार सरावगी ,किसान श्रेष्ठ, बिचारी यादव, सिगासन साह , सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, शिव पटेल, महेश दास लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button