
वीरगन्ज । पर्सा क्षेत्र नं १ बलियो बलियो बन्दै गई रहेकाे छ । जनता समाजवादी पार्टी (जसपा) पर्साका नेता तथा वीरगञ्ज–२ का पूर्व वडाध्यक्ष शेख अब्बास नेकपा (एमाले) मा प्रवेश गरेका छन्। उनको पार्टी प्रवेश वीरगञ्जमा आयोजित वडा स्तरीय भेलामार्फत सम्पन्न भएको हो।
शेख नवरोजको अध्यक्षतामा सम्पन्न उक्त भेलामा पर्सा क्षेत्र नं. १ का एमाले उम्मेदवार प्रदीप यादवले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी दिनमा पनि जनतासँग नजिक रहेर विकास निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानीलगायत आधारभूत क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा ज्येष्ठ कम्युनिस्ट नेताहरूलाई सम्मान गरिएको थियो। नेकपा एमालेका जिल्ला सचिव महेश दास, सचिवालय सदस्य सुन्दर कुर्मी, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता उमेश सहनी, शेष जलसोदिन, लाल महमदलगायतले सूर्य चिन्हका उम्मेदवार प्रदीप यादवलाई विजयी गराउन सबैलाई आह्वान गरे।
भेलामा देखिएको उल्लेखनीय सहभागिता र विभिन्न दलका नेताहरूको एमाले प्रवेशले पर्सा–१ मा नेकपा एमालेको सङ्गठनात्मक आधार थप सुदृढ हुँदै गएको स्थानीय नेताहरूले बताए।



