राजनीतिसमाचार

पर्सा -३ मा एमालेको कार्यकर्ता भेला सम्पन्न, बिकासलाई ब्यवहारमा देखाउने पाण्डेको भनाई

पर्सा,२२ माघ । नेकपा एमालेले पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त भेलाले पर्सा निर्वाचन क्षेत्र नं ३ मा पार्टीको संगठन सुदृढीकरण र चुनावी तयारीलाई नयाँ गति दिएको एमाले नेताहरूले बताएका छन्।

सखुवा प्रसौनी गाउँपालिका कमिटी अध्यक्ष शिवनरायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, नेतृ फुलमती चौधरी, बासुदेव थारूलगायत स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलालाई सम्बोधन गर्दै नेता हजराले मुलुकमा स्थायित्व, विकास र सुशासनका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको धारणा राखे। उनले पर्सा–३ बाट उम्मेदवार बनेका युवा नेता रूपेश कुमार पाण्डे परिवर्तनको चाहना बोकेका मतदाताको विश्वासको केन्द्र बन्दै गएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै पर्सा–३ का उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रका मुख्य समस्या र जनताले भोग्दै आएका कठिनाइहरूबारे चर्चा गर्दै समाधानमुखी योजना सार्वजनिक गरे ।

शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उहाँले अब विकास नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने आवश्यकता औंल्याए ।

भेलामा सहभागी स्थानीय नेता–कार्यकर्ता तथा नागरिकहरूले युवा उम्मेदवार पाण्डेप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button