समाचार

पर्साका चारवटै क्षेत्रमा एमाले जिताउन प्रेस चौतारी सक्रिय, जिम्मेवारी बाँडफाँड

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । प्रेस चौतारी नेपाल पर्साको बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष निरञ्जन मिश्रको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरूलाई विजयी गराउन विशेष रणनीति तयार गर्दै ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ।
बैठकले पर्साका चारवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरूलाई जिताउन संगठनका सदस्यहरूले सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ। निर्वाचन परिचालनका लागि क्षेत्रगत रूपमा निम्न बमोजिम जिम्मेवारी बाँडफाँड गरिएको छ ।

क्षेत्रगत जिम्मेवारी बाँडफाँड:
क्षेत्र नं. १: उपाध्यक्ष राजेन्द्र सिंह नेपाली र सह-सचिव मन्सुर खान सहितको टोली।

क्षेत्र नं. २: सह-सचिव पन्नालाल साह, शत्रुधन नेपाल, निरञ्जन मिश्र, दिपेन्द्र बि.सी., शेखर छत्कुली, प्रकाश तिवारी, आशिक अंसारी, अर्जुन गुप्ता, विरेन्द्र साह, धिरज दारुका, कृष्णा यादव, कृष्ण श्रीवास्तव , बलिराम यादव सहितको टोली।

क्षेत्र नं. ३: जिल्ला सचिव कृष्णा कुशवाहा, धर्मेन्द्र चौरसिया र शैलेश गुप्ता लगायतको टोली। क्षेत्र नं. ४: सदस्य राजन बानियाँ र विकास पटेलसहितको टोली परिचालन गरिएको छ ।

बैठकको निष्कर्ष सुनाउँदै अध्यक्ष मिश्रले आसन्न निर्वाचनमा नेकपा एमालेका तर्फबाट पर्साका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकाहरूलाई विजयी गराउन चौतारीका सदस्यहरूले कुनै कसर बाँकी नराखी अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button