समाचार

भीमफेदीमा सुमो दुर्घटना अपडेट : मृतक ६ मध्ये ४ जनाको पहिचान खुल्यो

Ad 1
Ad 2
Ad 3
Ad 4

हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सुमो दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ । आइतबार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो सडकबाट अन्दाजी एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा दुई जना भारतीयसहित ६ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा भारतको बिहार राज्य पटना बस्ने ४२ वर्षीय रजनिस कुमार, बिहारकै बेगुसराय बस्ने ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।

यसैगरी, दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगर–४ कमलडाँडा बस्ने ४० वर्षीया सविता लम्साल, हेटौंडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक हेटौंडा–४ कर्राचोक बस्ने अन्दाजी ४५ वर्षीय गणेश थापालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button